नियम ६२
बढीमा पा“च तलब वृद्धि घटुवा गर्न वा सुरु स्केलमा घटुवा गर्न सक्ने
: देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पा“च तलब वृद्धि घटुवा गर्न वा हालको पदको जेष्ठता सहित खाइपाई आएका सुरु स्केलमा घटुवा गर्न सक्नेछ ः-
(क) अनुशासनहीन काम गरेमा,
(ख) नियम ४८ र ५८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(ग) कानून बमोजिम दिएको आदेश वा निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(घ) मनासिब कारण नभई वा बिदा नलिई अनुपस्थित भएमा,
(ङ) सरकारी काममा लापरवाही गरेमा,
(च) लापरवाहीपूर्वक काम गरी सरकारी सम्पत्ति हानी नोक्सानी गरेमा,
(छ) नैतिक पतन देखिने फौजदारी कसूर बाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुवै सजाय हुने गरी दोषी ठहर भएमा ।